सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन । महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका  १०  बलिउड कलाकारहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. सलमान खान- ५० भन्दा बढि विवाह प्रस्तावलाई सारिसकेका तर हालसम्म पनि विहेको बाजा नबजाएका सलमान खान बलिउडका बुढा कुमार हुन् । सलमानले ५० भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । सोमी अली, संगिता विजलानी, ऐश्वर्या राय, कट्रीना केफलगायतसंग उनको नाम जोडिइसकेको छ ।

२. रनविर कपुर -बलिउडका कान्छा तथा चकलेटी रकस्टार हुन् रनविर । रनविरलाई एकोहोरो माया गर्ने युवतीहरु धेरै छन् । र उनको दोहोरो सम्बन्ध पनि धेरै महिलासंग रहदै आएको छ । अभिनेत्री दिपिका पादुकोण, क्याट्रिना कैफ, नर्गिस फक्रिन र सोनम कपुरसंग उनको नाम जोडिएको थियो ।

३. रनविर सिंह -स्वभावैले चन्चले देखिने बलिउड अभिनेता रनविरले पनि एक भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । दिपिका भन्दा अघि रनविरले खुलेआम अनुष्का र सोनाक्षि सिंन्हासंग डेट गरेका थिए ।
Shahid-Kapoor-Maha-Kaminey-

४. शाहिद कपुर -बलिउडका चकलेटी वोई भनेर चिनिने अभिनेता शाहिद कपुर पनि खेलाडि नै हुन् । शाहिदले मिति तोकिसकेका केहि विवाह पनि तोडिसकेका थिए । उनले जतिसंग डेट गरे तिनैसंग ब्रेक अप गरे र अन्त्यमा मिरा राजपुतसंग विवाह गरे । करिना कपुर, अम्रिता राव, अनुष्का शर्मा, विद्या वालन, प्रियंका चोपडा, तथा टेनिश स्टार सोनिया मिर्जासंग डेट गरेका थिए ।

५. अर्जुन कपुर -अभिनेता अर्जुन कपुर पनि फिल्ममा मात्रै नभएर वास्तवमा पनि धेरै जनासंग डेट गरिसकेका व्यक्ति हुन् । अर्जुनले सलमान खानकी बहिनी अर्पिता, अभिनेत्री आलीया भाट, श्रद्धा कपुर र मलाइका आरोरासंग डेट गरेको कुरा चर्चामा छ ।
६. ६. अक्षय कुमार -पत्याउनुस या नपत्याउनु बलिउडका सबैभन्दा ठुला प्ले वोई अक्षय कुमार हुन् । अक्षय कुमारले कैयौ युवतीसंग विहेअघि र विहेपछि डेट गरिसकेका छन् । उनको सम्बन्धको सुरुवात आयसा झुल्का देखि रविना टण्डन, शिल्पा शेठ्ठी, पुजासंग चलेको थियो । र अन्त्यमा ट्विंकल खन्नासंग विहे गरेका हुन् । विहेपछि प्रियंका चोपडासंगको सम्बन्ध चर्चामा थियो ।

७. हरमान भेज्वा- फ्यानहरुको दिमागमा अभिनेता हरमानको फिल्म चलेपनि उनको मनमा युवतीको राज हुन्छ । प्रियंका चोपडा, शमिता सेठ्ठी, अम्रिता रावसंगको सम्बन्ध चर्चामा थियो ।
८.रणदिप हुड्डा अभिनेता हुड्डाले आफु भन्दा जेठि र कान्छी महिला गरेर कैयौसंग डेट गरिसकेका छन् । सुस्मिता सेन, नितु चन्द्रा, अदीति रावसंगको उनको डेट चर्चामा थियो ।
९. ९.जोन अब्राहम धेरै महिलासंग नाम जोडिने अभिनेतामा जोनको नाम पनि अगाडि नै आउने गर्दछ । उनले विपाशा वासु, प्रियंका चोपडा, प्रिया रोन्चुल लगायतसंग डेट गरिसकेका छन् ।
१० १०.रितिक रोशन -डान्स स्टार रितिकले पनि एकभन्दा बढि युवतीसंग डेट गरिसकेका छन् ।

यो पढ्नुस्

सुपरहिट फिल्मबाट बलिउडमा छिरेकी यी नायिकालाई आखिर के भयो ?

सबैभन्दा महंगा ९ बलिउड फिल्म

चर्चित १० बलिउड अभिनेत्रीमा यसरी भयो परिवर्तन