३ असोज, पर्सा ।

२ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना साढे ११ बजेदेखि हुने भनिए पनि अझै शुरु हुन सकेकाे छैन । । विहान बसेकाे सम्पन्न सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णण गरेको थियाे ।

अहिले मतगणनास्थलमा सिसि टिभि र ताल जाली जडान गरिएकाे छ । ३२ वटा वडा रहेको महानगरपालिकालाई सर्वत्र चासोका साथ हेरिएको छ । महानगरको प्रमुख पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।

काग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह उम्मेदवार रहेका छन् ।

त्यस्तै संघिय समाजवादी फोरमका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।