७ साउन, वनेपा ।

बनेपामा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

बनेपा नगरपालिका सात बसपार्कमा गौतम होटल सञ्चालन गर्दै आएका राजाराम दाहाल र उनका परिवारका अन्य तीन सदस्य शुक्रवार साँझ मृत फेला परेका हुन ।

उनका बुबा, आमा तथा बहिनी होटलको कोठामा मृत अवस्थामा भेटिएको इलाका प्रहरील कार्यालय बनेपाले जानकारी दिएको छ । शव भेटिएको होटल भित्र विषका केही खाली सिसी पनि फेला परेको छ ।

घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बनेपा दुई टुकुचा नालाका स्थायी दाहाल केही वर्षदेखि बनेपामा होटल सञ्चालन गर्दै आएका थिए ।