एजेन्सी । ९० को दशककी चर्चित भारतीय अभिनेत्री रविना टन्डन यसै बर्षको एप्रिलमा फिल्म ‘मातृ–द मदर’बाट दमदार भूमिकाको साथमा बलिउडमा कमब्याक गर्दैछिन् । यसबाहेक रविना एक टेलिभिजन रियालिटी शोमा पनि देखिनेछिन् ।

त्यस्तै, आदित्य चोपडासँग विवाह र छोरी अदिराको जन्म भएपछि अभिनेत्री रानी मुखर्जी अब बलिउडमा कमब्याक गर्दैछिन् । रानी ‘हिचकी’बाट कमब्याक गर्दैछिन् ।

अर्की अभिनेत्री श्रीदेवी फिल्म ‘इंग्लिश विंग्लिश’बाट कमब्याक गरेपछि अब अर्को फिल्म ‘मंम’मा अभिनय गर्दैछिन् । यस्तै, ९० दशककै चर्चित अभिनेत्री तब्बु कमेडी फिल्म ‘गोलमाल–४’बाट कमब्याक गर्दैछिन् ।

Preety in Election 1

फिल्म ‘भैयाजी सुपरहिट’बाट सनी देओलको जोडीको रुपमा प्रीति जिन्टा पनि बलिउडमा फर्कदैछिन् । विवाहपछि यो प्रीतिको पहिलो फिल्म हुनेछ । त्यस्तै, अभिनेत्री काजोलले पनि फिल्म ‘भीआईपी–२’बाट कमब्याक गर्दैछिन्, जसमा अभिनेता धनुषसँग पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् ।

त्यस्तै, अभिनेत्री दिया मिर्जा संजय दत्तको जीवनमा आधारित बनिरहेको फिल्ममा संजयकी श्रीमती मान्यता दत्तको भूमिकाबाट बलिउडमा कमब्याक गर्दैछिन् भने अर्की अभिनेत्री लारा दत्त पनि बलिउडमा कमब्याक गर्ने बताइएको छ ।