२० मंसिर, बर्दिया ।

एक्कासी बाक्लो हुस्सु र शितलहर चलेका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । एक्कासी चिसो बढेपछि सदरमुकाम गुलरियामा चहलपहल समेत घटेको छ । शितलहरका कारण वालवालिका वृद्धवृद्धाहरु समेत प्रभावित वनेका छन् ।

चिसो बढेका कारण स्थानीयले ठाँउ ठाँउमा आगो वालेर ताप्न सुरु गरेका छन् । चिसोका कारण मानिसहरु अत्यावश्यक काम वाहेका बाहिर निस्केका छैनन् । बाक्लो हुस्सुका कारण लाइट बालेर मात्रै चलाउनुपर्ने अवस्था छ ।

Shitlahar tarai

सडकमा सवारी साधनहरु पनि कम गुडेका छन् । गुलरिया नगरपालिककाको प्रकोप व्यवस्थापन कोषबाट नगरवासि हरुलाई शितलहरबाट जोगाउनका लागि यथा शिघ्र ठाँउ ठाँउमा दाउराहरु बितरण गर्ने तयारी गरेको छ ।