चुरोट स्वास्थ्यको लागी हानीकारक हुन्छ। धुमपानको कारण शरिरमा लाग्ने विभिन्न दिर्घकालीन रोगको बारेमा प्राय सबैलाई थाहा छ । स्वास्थ्य विशेषज्ञका अनुसार चुरोटले शरिरमा विस्तारै असर गर्ने नभएर सुरुको दिन देखि नै नकारात्मक संकेत देखा पर्दै जान्छन् । यसले शरिरलाई गर्ने १० असरहरु यस्ता छन् ।

१. धुमपान गर्नाले मस्तिष्क निकै ठूलो प्रभाव पर्छ। जसले मानसिक सन्तुलनमा नकारात्मक असर पार्दछ ।

२. चुरोटमा हुने रसायनले मुखमा आउने र्याल सुक्दै जान्छ । जसको कारण मुखमा खटिरा अनि स्वास गन्हाउने समस्या बढ्छ।

३. यसले फोक्सोलाई असर गर्दछ । चुरोटबाट निस्कने धुवाँ फोक्सोमा जम्मा हुदै जान्छ । जसले भविष्यमा फोक्सोको क्यान्सर निम्त्याउन सक्छ।

४. नियमित रुपमा धुमपान गर्नाले ३० दिन भित्रमा शरिरको रक्तचाप अनियमित हुन थाल्छ । जसको कारण भविष्यमा मुटुरोग तथा हृदयघातको उच्च जोखिम रहन्छ ।

५. चुरोटबाट निस्कने धुवामा विभिन्न किसिमका अक्सिडेन्ट हुन्छन् । जसले आँखामा सिधै असर पार्छ । साथै त्यसको धुवाँले ३० दिन भित्रमै आखाको ज्योतिमा नकारात्मक असर पुर्याउँछ।

६. चुरोटमा भएको निकोटिनले शरिरमा एस्ट्रोजोनको असर कम गर्दै लैजान्छ । र यसले विस्तारै हड्डी कमजोर हुन थाल्छ ।

७. चुरोटले शरिरको रक्तसञ्चारमा कमि ल्याउछ । कारण ३० दिनभित्रमा किड्नीमा नकारात्मक असर देखा पर्दै जान्छ ।

चुरोटले गर्ने नकारात्मक असर थाहा पाउदा पाउदै पनि कसैले लत लागेका व्यक्तिलाई चुरोट छुटाउन मुस्किल हुन्छ । त्यसैले यसको लत छुटाउने केहि टिप्स जानिराख्नुस् ।

१. चुरोट छोड्नको लागी एक विशेष दिन चयन गर्नुस् ।त्यसदिन कहिल्यै चुरोट नखाने बाचा गर्नुस् ।

२. चुरोट छोड्नको लागी सेल्फ मोटिभेट हुन जरुरी छ।

३. यसको लत छुटाउन आफुलाई मनपर्ने काममा समय खर्च गर्नुस् । जसले चुरोट तान्ने बानी कम हुदै जान्छ ।

५. दैनिक ३० मिनेट नियमित योगाभ्यास गर्नुस् । यसले शरिर स्फुर्त राख्नुका साथै चुरोट पिउने बानी कम गर्छ ।

६. चुरोटको सट्टा चुइगम चपाउनुस् ।

याद गर्नुस् चुरोट छोडेको ७२ घण्टा सबैभन्दा गाह्रो हुन्छ। जब यो ७२ घण्टाको समयअवधि सकिन्छ तब चुरोटको लत अस्वभावितक रुपमा कम हुन्छ। र लत छुटाउन सजिलो हुन्छ। त्यसैले चुरोट छोड्छु भनेको दिन देखि संगै चुरोट पिउने साथीहरु नभेट्नुस्, ३ दिन कटेपछि सजिलै चुरोट छोड्न सकिन्छ।

यो पढ्नुस्।

चुरोट छोड्ने एउटा विधि: यसरी छोड्न सकिन्छ चुरोट

तपाईले धुम्रपान गर्न छोड्दा के हुन्छ ?