एजेन्सी । सुन्दा अनौठो लाग्न सक्छ तर विश्वचर्चित वैज्ञानिक स्टेफन हकिङ्ग्सले यस्तै अनौठो घोषणा गरेका छन् । उनले अबको एक हजार बर्षमा यो धर्ती नष्ट हुने भन्दै मान्छे बस्नका लागि नयाँ ग्रह खोज्नुपर्ने अनौठो घोषणा गरेका हुन् ।

युक्रेनकी मन्त्रीको नग्न तस्वीर भाइरल (हेर्नुस् फोटो फिचर)

अक्सफोर्ड युनियन डिबेटिङ्ग सोसाईटीमा प्रवचन दिँदै हकिङ्ग्सले मानव सभ्यता कायम राख्ने हो भने पृथ्वी छोडेर नयाँ ग्रहमा जानु पर्ने बताएको द डेली एक्सप्रेसले जनाएको छ । ‘मलाई लाग्दैन कि हामी यो धर्तीमा अब एक हजार बर्ष भन्दा बढी समय रहन सक्छौं, उनले भने, त्यसले हामीले दोस्रो ग्रहमा जानुपर्छ ।’stephen-hawking

मोर्चाको नयाँ प्रस्ताव–७ र १० प्रदेशमा जनमत संग्रह गरौं

पृथ्वी निक्कै कमजोर भएकाले आउंदो एक हजार बर्षपछि यहाँ जीवन संभव नहुने भन्दै हकिङ्ग्सले कुनै दोस्रो ग्रहमा जानुपर्ने तर्क गरेका हुन् । धर्तीमा अर्को शताब्दीमा मान्छेले जलवायू परिवर्तन र आणविक आतंकवादको सामना गर्नुपर्ने पनि उनको दाबी छ । तर हकिङ्ग्सले आगामी समय अध्ययन अनुसन्धानका लागि भने राम्रो हुने बताएका छन् ।

कांग्रेस नेताहरुलाई सुजाताबारे बोल्न लाज

सन् २००९ मा अमेरीकि अन्तरीक्ष संस्था नासाले धरती जस्तै ग्रहको खोजी अभियान समेत चलाएको थियो । नासाका अनुसार ४६ सय त्यस्ता ग्रह छन् जहाँ मानवको बसोबास बारे विचार गर्न सकिन्छ । नासाका अनुसार दुई हजार तीन सय ग्रहमा मान्छेले बसोबास गर्न सक्छ ।