स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘नेशनल सेन्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोल’ले बि.सं.२०७२ असारमा तयार पारेको तथ्याङ्कका अनुसार नेपालमा पुरुष र महिला गरी २६,७०२ जना एच.आइ.भी. सङ्क्रमित छन्। सङ्क्रमित मध्ये १,२९४ जना यौनकर्मी रहेका छन् भने ९,८०२ जना यौनकर्मीका ग्राहकहरू रहेका छन्। त्यसै गरी सुईबाट लागूऔषध दुर्व्यसनमा लागेका ३,०८० जनामा एच.आइ.भी. देखा परेको छ।

HIV-AIDSएच.आइ.भी. एड्सको औषधिको आविष्कार अझसम्म भएको छैन, तर भाइरसलाई निष्क्रिय पार्नको लागि विभिन्न किसिमका ड्रगहरू प्रयोग गर्न सकिन्छ। एच.आइ.भी. विरुद्धका हरेक लागूपदार्थहरूले भाइरसलाई थुप्रै तरिकाले निष्क्रिय बनाउँदछ। कुनै कुनै एच.आइ.भी. भाइरसहरूले एउटा मात्रै ड्रगलाई प्रतिरोध गर्न सक्दछ, त्यसैले कम्तीमा पनि ३ वटा ड्रगहरू लाई मिश्रण गर्ने गर्छन् डाक्टर। यी ड्रक्सले केवल एचआइभीको प्रभावमा कमी ल्याउने गर्दछ।

एच.आइ.भी. विरुद्ध ड्रगहरू निम्न प्रकारका छन्, जुन डाक्टरको सल्लाहमा मात्र लिनुपर्नेछ।

  • नन-न्युक्लियोसाइड रिभर्स ट्रान्सक्रिप्टेज इन्हिबिटर्स (Non-nucleoside reverse transcriptase inhibitors- NNRTIs)
  • न्युक्लियोसाइड रिभर्स ट्रान्सक्रिप्टेज इन्हिबिटर्स (Nucleoside reverse transcriptase inhibitors- NRTIs)
  • प्रोटिज इन्हिबिटर्स (Protease inhibitors- PIs)
  • इन्ट्री/फ्युजन इन्हिबिटर्स (Entry or fusion inhibitors)
  • इन्टिग्रेज इन्हिबिटर्स (Integrase inhibitors)
कति बेलाबाट उपचार सुरु गर्ने?

एच.आइ.भी. सङ्क्रमित हरेकले एण्टिभाइरल औषधीको प्रयोग गर्नु जरुरी हुन्छ। विशेष गरी, निम्न अवस्थापछि उपचार सुरु गर्नु जरुरी हुन्छः

  • विभिन्न किसिमका लक्षणहरू एकैचोटि देखा परेमा
  • सोँच्दै नसोँचेको ठाउँमा सङ्क्रमण सुरु भएमा
  • तपाईँको सिडी४ काउन्ट ३५० भन्दा मुनि भएमा
  • तपाईँ गर्भवती हुनुहुन्छ भने
  • मृगौला खराब भएमा
  • हेपाटाइटिस बी वा सी भएमा
उपचार पद्दती गाह्रो हुन सक्छः

एच.आइ.भी.को उपचारमा तपाईँले सँधै भरी दिनको निश्चित समयमा विभिन्न प्रकारका औषधीहरू खानुपर्ने हुन्छ। त्यस्ता औषधीहरू खाँदा निम्न प्रकारका साइडइफेक्टहरू देखा पर्न सक्छन्ः

  • रिङ्गटा लाग्ने, बान्ता हुने अथवा पखाला लाग्ने
  • मुटुसम्बन्धी समस्या देखा पर्ने
  • हाडजोर्नी कमजोर हुँदै जाने
  • मांशपेसीका तन्तूहरूको क्षय हुँदै जाने
  • कोलेस्ट्रोलको मात्रा अनियन्त्रित हुँदै जाने
  • रगतमा सुगरको मात्रा बढ्दै जाने
अन्य रोगको उपचार र एच.आइ.भी.

तपाईँलाई एच.आइ.भी. छ भने, उमेरसँगै आउँदै जाने स्वास्थ्य समस्याहरूलाई समाधान गर्न गाह्रो पर्दछ। यस्ता रोगहरूको औषधी र एच.आइ.भी.को औषधी एकैचोटि प्रयोग गर्दा त्यसले नकारात्मक असर गर्न सक्दछ। त्यसैले यदि यस्तो अवस्थाको सिर्जना भएको छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

घरेलु रोकथामका उपायहरू

एच.आइ.भी. एड्स भएकाहरूले चिकित्सकको सल्लाह अनुसारको उपचार पद्दती अपनाउनु त अपरीहार्य हुन जान्छ। त्यसको साथसाथै, आफूले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु अत्यावश्यक हुन्छ। सानो गल्तीले पनि ठूलो समस्या निम्तिन सक्दछ। त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान राख्नको लागि केहि सुझावहरू यसप्रकार रहेका छन्ः

  • स्वस्थ खाना खानुहोस्ः ताजा फलफूल तथा सागसब्जी, घरेलु आँटा तथा प्रोटिन पाइने खानाहरू कहिल्यै नछुटाउनुहोस्। यस्ता स्वस्थ खानाले तपाईँको प्रतिरक्षा प्रणालीलाई साथ दिनुका साथै औषधीबाट हुने साइडइफेक्टलाई पनि कम गर्दछ।
  • निश्चित खाना नखानुहोस्ः विशेष गरी एच.आइ.भी. भएकाहरूलाई खानाबाट हुने समस्या भयो भने धेरै गाह्रो हुन जान्छ। शुद्धीकरण नगरिएका डेरीका खानेकुराहरू नखानुहोस्। काँचो अण्डा, काँचो मासु नखानुहोस्। मासुलाई राम्रोसँग पाक्नेगरी पकाएर मात्रा खानुहोस्।
  • घरपालुवा जनावरहरूबाट बच्नुहोस्ः कुनै कुनै घरपालुवा जनावरहरूले एच.आइ.भी. भएकाहरूलाई सङ्क्रमण गर्ने खालको कीटाणुहरू बोकेका हुन्छन्। बिरालोको रौँ, चराचुरुङ्गी अनि कुकुरले खतरनाक किसिमका भाइरसहरू सार्न मद्दत गरिरहेको हुन्छ। त्यसैले यस्ता जनावरहरूलाई छोइसकेपछि, राम्रोसँग हात धोएर मात्रै बस्नुहोला।
यो पनि हेर्नुहोस्-
स्वस्थ जीवनका लागि यौन सम्बन्ध अत्यावश्यकः अध्यन
छालालाई स्वस्थ कसरी राख्ने ? (टिप्स सहित)
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
स्मरण शक्ति बढाउने ६ अचुक शुत्र
यी ५ कारणले गर्दा धेरै गुलियो खानुहुँदैन