“यो अनुमान लगाउन धेरै नै सजिलो हुन्छ!”

-कुशल श्रेष्ठ

यदि तपाईँको एण्ड्रोइड मोबाइल अथवा ट्याबलेटलाई ‘प्याटर्न लक’ गरेर सुरक्षित हुन्छ भन्ने ठान्नुहुन्छ भने, तपाईँको लागि एकदम नराम्रो खबर छ। नयाँ अनुसन्धानको अनुसार, यो ‘प्याटर्न लक’ सोचेभन्दा सजिलोसंग अनुमान गर्न सकिने पत्ता लागेको छ।

‘एण्ड्रोइड लक प्याटर्न’ (Android Lock Patter- ALP) आफैमा असुरक्षित होइन, तर हामीले यसलाई प्रयोग गर्ने तरिकाले गर्दा हाम्रो लक प्याटर्न एकदम असुरक्षित हुन जान्छ। एकै छिनको कोशिले पनि अनुमान लगाउन सकिन्छ।

एण्ड्रोइडको ए.एल्.पी.मा कम्तीमा ४ वटा र धेरैमा ९ वटा विन्दुहरूलाई समेटेर एउटा प्याटर्न बनाउन सकिन्छ। सिद्धान्तअनुसार, यसबाट करीब ४,००,००० वटा भिन्नाभिन्नै ‘प्याटर्न’ बनाउन सकिन्छ। तर दुःखको कुरा के छ भन्दा धेरै व्यक्तिहरूले एउटै किसिमका प्याटर्नहरू बनाएका हुन्छन्, जसले गर्दा उनीहरूको मोबाइल असुरक्षित हुने गर्दछ।android_lock_pattern

करिब ४,००० वटा भिन्दाभिन्दै प्याटर्नको नमुनाहरूलाई परीक्षण गरेर हेर्दा, नर्वेजियन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले, ४४ प्रतिशत जति प्याटर्नहरू मोबाइलको स्क्रिनको माथिको दाँयातिरको विन्दुबाट सुरु हुने गर्दछ भने ७७ प्रतिशत प्याटर्नहरू चारवटा मध्ये कुनै एक विन्दुबाट सुरु हुने गर्दछ भन्ने कुरा पत्ता लगाएका छन्। त्यसमध्ये पनि १० प्रतिशत व्यक्तिहरूले ‘एन्’, ‘ओ’, ‘एस्’, र ‘एम्’ जस्ता अङ्ग्रेजी अक्षरहरू बनाउने पनि देखिएको छ, जुन अनुमान लगाउन निकै सजिलो हुन्छ।

धेरैजस्तो मोबाइल प्रयोगकर्ताले दायाँ देखि बायाँ हुँदै माथि देखि तलको विन्दुहरूलाई समेटेर प्याटर्न बनाउने गरेको पनि देखिएको छ। त्यसैगरी, अधिकांशले जम्मा ४ वटा विन्दुहरूलाई मात्रै प्रयोग गर्ने, जसले गर्दा थोरै कोशिसले पनि सो ‘प्याटर्न’ सजिलै अनुमान लगाउन सकिने देखिएको छ। एक पटक ‘सेट’ गरेपछि परिवर्तन गर्ने बानी नहुनाले पनि यस्तो ‘प्याटर्न लक’ असुरक्षित हुने गरेको छ।

त्यसोभए, आफ्नो प्याटर्न सुरक्षित र अनुमान लगाउन नमिल्ने गराउनको लागि के गर्नुपर्दछ त ? अनुसन्धानकर्ता भन्छन्, “डिभाइसको ‘सेटिङ्ग्स’ भित्र गएर ‘मेक प्याटर्न भिजिबल’ (Make Pattern Visible) सेवालाई बन्द गर्नुपर्छ। त्यसको साथसाथै, प्याटर्न बनाउँदा एक रेखा र अर्को रेखा एकअर्कासँग क्रस गर्ने, ४ वटा भन्दा बढी विन्दुहरूको प्रयोग गर्ने र कुनै पनि कुनाबाट प्याटर्न सुरु नगरेमा त्यो प्याटर्न सुरक्षित हुने गर्दछ।”

यो पनि हेर्नुहोस्-

९५ करोड एण्ड्रोइड फोन खतरामा !

“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”