संगिता कुवँर
२६ असार, जापान ।

गैरआवासिय नेपाली संघ जापान अन्तर्गत कान्तो क्षेत्रको पाचौँ अधिवेशनले अध्यक्षमा नविन न्युरेलाई चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले न्यूरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा रविन शर्मा र आकाश लामालाई चयन गरेको निर्वाचन समितिका संयोजक शालिकराम भण्डारीले जानकारी दिए । त्यसैगरि कोषाध्यक्षमा राकेश रुम्वा, सचिवमा अनुजराज कर्की, सह सचिवमा दिपेश खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा केशव प्रसाद पौडेल, सुनिता महर्जन, द्रोण केसी यादव, कृष्णबहादुर थापा, पुजन लामा, अखिल तामाङग, अनिल पन्त चयन भएका छन् । एनआरएनए जापानका अध्यक्ष सुदन थापा अधिवेशनकै शिलशिलामा ओसाकामा रहेकोले फर्के लगत्तै केहिदिनमै सपथको कार्यक्रम गरिने भण्डारीले जानकारी दिए ।

सोमबार मेगुरो कुमिन सेन्टरमा सकिएको अधिवेशनमा पत्रकारहरुलाई जवरजस्ती भिडियो डिलिट गर्न धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले खेद प्रकट गर्दै प्रेस बिज्ञप्ती निकालेको छ । कान्तो एनआरएन जापानको सबैभन्दा धेरै सदस्य रहेको क्षेत्र पर्दछ ।