२३ भदौ, लिस्बोन ।

एनआरएनए पोर्तुगलमा केही पदहरुमा निविरोध भएको छ भने केहीमा निर्वाचन हुने भएको छ । निर्वाचन हुने निश्चित भएपछि उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभ्याई भएको छ ,

भोट माग्न ब्यस्त रहेका पाँच जना उपाध्यक्षमध्येका एक हुन गोविन्द सापकोटा । सन २००७ मा पोर्तुगल आएका सापकोटा यसअघि पनि एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

उनले सन् २०१३–२०१५ को कार्यकालमा उपाध्यक्ष भएर काम गरेका हुन् । रोटरी क्लब पोर्तुगलको सदस्य, चितवन समाजको सल्लाहकार भइर काम गरेका सापकोटा ब्यबसाय र काम दुबै गर्दै आएका छन् ।

‘तपाईले जित्ने आधार के हो ? भन्ने प्रश्नमा सापकोटा भन्छन्, म सँग पुरानो अनुभव छ, अघिल्लो कार्यकाल सफल थियो, मैले व्यवशाय र काम दुबै गरेको छु, दुबैका दुःखसुख, पीरमर्का बुझ्न सक्छु । त्यसैले मैले जित्छु भन्नेमा आशावादी छु ।’

सापकोटाले आफूले जितेमा पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ, दिदिबहिनी, सबै बर्ग र क्षेत्रमा एउटा उत्साहपूर्ण माहोल ल्याउन सक्छु भन्ने विश्वास रहेको बताए । उनले पोर्तुगलको गाउँदेखि शहरसम्म बस्ने नेपालीहरुलाई जोड्न सेतुको रुपमा काम गर्नका लागि पनि आफ्नो जित अनिवार्य रहेको दावी गरे ।

एनआरएन पोर्चुगलको अध्यक्षमा कुवेर कार्की निर्विरोध भइसकेका छन् भने सेप्टेम्बर १० मा हुने निर्वाचनमा ४ उपाध्यक्षका लागि ५ जना चुनावी मैदानमा छन् ।

सापकोटासँगै कमल गुरुङ, गणेश पाण्डे, कान्छाराम बुढाथोकी र महिला उपाध्यक्षका लागि विष्णु लुइटेल र गिता राना प्रतिष्प्रर्धामा छन् ।