बासु सत्याल ।
पोर्चुगल ।

प्रवासमा रहेका नेपालीहरुको संस्था गैर आवासिय नेपाली संघ एनआरएनको यतिबेला बिभिन्न देशमा रहेको शाखाहरुको धमाधम चुनाव भईरहेको छ । कतिपय देशमा अधिवेशन सकिएको छ भने कतै हुने क्रममै छ ।

युरोपेली राष्ट्रहरु पोर्चुगलमा अहिले एनआरएनको चुनावी माहौलले आप्रवासी नेपालीहरुलाई तताएको छ । आगामी नेतृत्वमा कस्लाई लाने अनि कस्को नेतृत्व आउने भन्ने बिषयमा व्यापक बहस हुन थालेको छ ।

एनआरएन पोर्चुगलको ईतिहास (२००६) देखि हालसम्म लगभग सहमतिमै नेतृत्व चुनियो । तर दिन प्रतिदिन नेपालीहरुको संख्यामा बृद्धि हुँदै गर्दा एनआरएन सदस्य संख्या पनि बढ्दै गयो । हाल करिव २३०० सदस्य रहेको यो संघमा यसपटक सदस्यको संख्यामा व्यापक बृद्धि भएको छ ।

संघको स्थापना कालदेखिका सस्थापक अध्यक्ष पूर्ण हमाल, लक्ष्मीप्रशाद सापकोटा, रमेश गुरुङ हुँदै वर्तमान अध्यक्ष भिमकमल केसीसम्म आइपुग्दा पोर्चुगलवासी नेपालीहरुले संघलाई साधारण भेटघाट गर्ने माध्याममा मात्रै सिमित भएको गुनासो गर्छन् ।

तर सर्सती हेर्दा एनआरएन पोर्चुगलले आप्रवासी नेपालीहरुको साझा समस्यालाई कतै न कतैबाट सम्बोधन गर्दै आएको पाइन्छ । हालसम्म नेपाली काग्रेस निकटका मान्छेको दब्दबाले भरिएको संघमा गैरराजनैतिक संस्था बनाउनु पर्छ भन्ने आवाज पनि नसुनिएको होइन ।

तर यती भनिरहदा सिंगो एनआरएन कुनै पनि राजनैतिक संगठनबाट अछुतो रहेको भने पक्कै छैन । सबै राजनैतीक पार्टीका प्रतिनिधिहरुको सहमतिमा नेतृत्व आउनु पनि सबै नेपाली एकै हुनुपर्छ भन्ने उदाहरण पोर्चुगलबाट जाने देखिन्छ ।

आसन्न अधिवेशनमा मनोनयन दर्ता गराएकाहरुमा पनि उत्तिकै कुशल क्षमता भएका अनुहार नै देखिन्छन् । आगामी अधिवेशनबाट सदस्य पदमा सबै आउने सम्भावना देखिए पनि केही पदका लागि भने निर्वाचन नै हुने लगभग निश्चित जस्तै देखिएको छ ।

लामो समयदेखि पोर्चुगलमा व्यवसाय गरेका व्यवशायी नरेन्द्र हमालले नेतृत्व गर्नु पर्ने आवाज बजारमा चलिरहदा सर्बादलिय छलफलले हमाललाई आईसिसि सदस्यको लागि उपयुक्त ठहर्याएको छ । त्यैसैले जनसम्पर्क समितिको तर्फबाट कुबेर कार्कीलाई अध्यक्ष पदका लागि अघि सारिएको छ ।

हुनत केही समय पहिलेको सहमति अनुसार कांग्रेस समर्थकहरुले आइसीसी अध्यक्ष र उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवार पठाउने र बाँकी पदमा प्रबासी मन्च, जनप्रगतिशिल मञ्ज, जनजाती र अन्य समूहबाट उम्मेदवार बनाउने गरी भएको भद्र सहमति हाल सदस्य संख्यामा आएको परिवर्तनसगै समिकरणमा फेरबादल आएको देखिन्छ ।

एमाले निकटको प्रवासी नेपाली मञ्चका महसचिव रोबोट लिम्बुको अध्यक्ष पदमा आएको उम्मेदवारीले मञ्च भित्रै तरंग ल्याइदिएको छ । मञ्चका अध्यक्ष गोविन्द पौडेलले नै लिम्बुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् तर लिम्बु आफ्नो अडानमा अडिग देखिन्छन् ।

मञ्च भित्र केही समन्वयको अभाव देखिइरहँदा कांग्रेस निकटको जनसम्पर्क समितिले वरिष्ठ उपाध्यक्षमा तिलक गैरे र उपाध्यक्षमा युबा व्यवसायी कमल गुरुङलाई अघि सारेको छ ।

प्रबासी मञ्चबाट गोबिन्द सापकोटा, जनप्रगतिशिल मञ्चबाट इश्वर रिजाल, स्वतन्त्रबाट गणेश पाण्डे लगायत नारायण काजी मगर, कान्छाराम बुढाथोकीले पनि उपाध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

यो पटक महिलाहरुबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारी समाजकाे तर्फबाट बिष्णु लुइटेल, स्वतन्त्रबाट गीता राणा तथा नारी समाजबाट सरु सापकोटाले उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै महासचिवमा निरजन सुबेदी प्रबासी मन्च, राजु लामा जनजाती महासंघ र अइन्द्र गुरुङ, सचिबमा बलराम पौडेल प्रबसी मन्च र घनश्याम सुबेदी, कोषाध्यक्षमा कुमार तमाङ, रमेशराज बस्तोल चुनावी मैदानमा देखिएका छन् ।