१७ फागुन, काठमाडौं ।

व्यवस्थापिका संसदको विकास समितिले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेयर खरिद÷विक्रिबारे छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

एनसेलको सेयर खरिद÷विक्रि हुँदा पनि सरकारलाई राजस्व नआएपछि समितिले त्यसबारे अध्ययन गरिरहेको थियो ।

Ncell-Logo

नेपालमा आर्जन गरेको पूँजीगत लाभमा यहाँको कानून अनुसार कर तिर्नु पर्नेमा सरकारी निकाय स्पष्ट भएपनि कसरी राजश्व असुल्ने भन्नेमा उनीहरु प्रष्ट नदेखिएको भन्दै समितिको आज बसेको बैठकले त्यसबारे छानविन गर्न निर्देशन दिएको हो ।

समितिका सदस्यहरुले नेपालको कानून पालना नगर्ने प्रबृत्तिले विदेशी कम्पनी भित्र्याउने/नभित्र्याउने भन्नेमै प्रश्न उठेको टिप्पणी गरेका थिए । एनसेलसँग कर असुल्नेबारे पनि सरकारी निकायले स्पष्ट जवाफ दिन नसक्नु विडम्वनापूर्ण रहेको भन्दै उनीहरुले छानविन प्रक्रिया तीब्र बनाउनु पर्नेमा जोड दिएका थिए ।

मेरो मोवाइलको नाममा नेपालमा सेवा सुरु गरेको यो कम्पनी पछि स्वामित्व परिवर्तन भएर एनसेलमा परिणत भएको हो । एनसेल कतिपटक किनबेच भयो र सरकारले कति राजस्व गुमायो भन्नबारे सरकारी निकाय वेखबर छ । पछिल्लो समय मलेसियन कम्पनी एक्जिएटाले एनसेल किनबेच गर्दा सरकारलाई राजस्व नआएपछि यो विषय चर्चामा छ ।

केही दिनमै सेवा बन्द हुने एनसेलको चेतावनी

मलेसियाको एक्जियटाले किन्यो एनसेल, टेलियासोनेराले एक खर्व ४० अर्वमा बेच्यो