बाँके, २ जेठ । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित सशस्त्र प्रहरी (एपीएफ) का पूर्वहवल्दारलाई पक्राउ गरेको छ ।

भारतको सीमावर्ती बजार रुपैडियाबाट मोटरसाइकलको हेल्मेटमा ब्राउनसुगर लुकाएर ल्याएको अवस्थामा बैजनाथ गाउँपालिका–२, बनकटवाका प्रकाश थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए । भे ४ प ५४७४ नम्बरको मोटरसाइकलमा चढेर रुपैडियाबाट नेपालगन्ज आउँदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनहाबाट उनलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।