मार्भलको सुपरहिरो सिरिज ‘एभेन्जर्स एन्डगेम’ विश्वकै सबैभन्दा ठूलो फिल्म मध्येको एक हो। यो फिल्म ‘एभेन्जर’ सिरिजको अन्तिम फिल्म हो। हलिउडको यो फिल्म सिरिज प्रति यति क्रेज छ की सिरिज सकिनाले कतिपय फ्यानहरु बेहाल भएका छन्। यो सिरिज सकिदाँको दुःखमा चीनकी एक युवतीको स्वास्थ्य विग्रदा अस्पताल भर्ना गर्नु परेको खबर आएका छन्।
२१ वर्षकी यी युवती फिल्म हेर्न हल पुगिन। फिल्म हेरिन, सकिएपछि दुःखी भइ, अनि रुन थालिन। घण्टौंसम्म रोइन जसले उनको स्वास्थ्य अवस्था विग्रियो। अस्पताल पुर्याउँदा उनको हात खुट्टा सुन्निसकेको थियो अनि स्वास लिनमा कठिनाइ थियो। डाक्टरले उनलाइ अक्सिजन र सान्तवना दिनुपर्यो।
सबैभन्दा बढी कमाउने फिल्म
यो फिल्मले चीनमा मात्र ५३० करोड (रुपैयाँ) बराबरको कमाइ गरेको छ। ३ घण्टा लामो यो फिल्म विश्वकै सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा गनिएको छ।
यहि शुक्रबार (२६ अप्रिल)मा रिलिज भएको यो फिल्मले शनिबारसम्म (२ दिनमा) विश्वभर ६० मिलियल डलर (करिब ३४ अर्ब १ करोड रुपैयाँ) कमाइ गरिसकेको छ। यो फिल्म सबैभन्दा छिटो १ बलियल डलर कमाउने फिल्म बन्ने अनुमान गरिएको छ।
एभेन्जर फिल्मको मज्जा लिन २१ वटा फिल्म हेर्नुपर्ने !
एभेन्जर सिरिजमा ४ वटा फिल्म छन्। सन् २०१२ मा रिलिज भएको ‘द एभेन्जर्स’ यो सिरिजको पहिलो फिल्म हो। त्यसपश्चात सन् २०१५ मा ”एभेन्जर्सः एज अफ अल्ट्रन’, २०१८ मा ‘एभेन्जरः इन्फिनिटी वार’, र यसको चौथो र अन्तिम फिल्म ‘एभेन्जर्सः एन्डगेम’ हो।
तर एभेन्जर सिरिजका फिल्महरुको मज्जा लिन मार्भल स्टुडियोका अरु सुपरहिरो फिल्म हर्नु पर्छ। एभेन्जर सिरिजका फिल्ममा ‘आइरम्यान’, ‘स्पाइरडम्याड, ‘हल्क’, ‘क्याप्टेन अमेरिका’, ‘थोर’, आदी पात्रहरु छन्। यी पात्रहरुका आफ्नै फिल्महरु छन्। मार्भलका सम्पूर्ण सुपरहिरो फिल्मको लिस्ट यस्तो छ।