२ साउन, काठमाडौं । नेकपा एमाले पर्सा जिल्लाका प्रभावशाली नेता सुन्दरप्रसाद कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

एमालेबाट विरगञ्ज महानगरको मेयरको उमेद्बारमा चर्चामा रहेका कुर्मीले गएको असार १४ गते नै पार्टी परित्याग गरेका थिए ।

कुर्मी एमालेको भ्रातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आज आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर र खादा ओडाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन् ।