१२ जेठ, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध भएको छ दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेले चल्न नदिएपछि अघि बढ्न नसकेको हो ।

अर्को बैठक आजै ४ बजे बोलाइएको छ । बैठकमा हिजो राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम टेबल गर्ने, राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने र नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न मात्रै संसद खोलेको एमालेले हिजै दोस्रो पटक बसेको बैठक पनि अवरुद्ध गरेको थियो । चुनावी कार्यतालिका सार्वजनिक भइसकेपछि स्थानीय तहको संख्या बढाइएको भन्दै एमालेले निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान लिइरहेको छ ।