१० पुस, महोत्तरी । नेकपा (एमाले)को बखेडाका कारण संविधान संशोधन विधेयक संसद्मा दर्ता हुन नसकेको (माओवादी केन्द्र)का नेता एवम् पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरलले बताएका छन ।

आज महोत्तरीको हरिपुर हरिणमणिमा रहेको श्री किशोरी माविको अवलोकनका लागि त्यहाँ पुगेका नेता पोखरेलले नेकपा एमालेको गैरजिम्मेवारीपन तथा मधेसी दलको अडानका कारणले नै संविधान संशोधन विधेयक संसद्मा दर्ता हुन नसकेको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

मधेसी मोर्चालाई फकाउनका लागि एमालेले ३६ पटकसम्म वार्ताका लागि आह्वान गरेको स्मरण गर्दै नेता पोखरेलले अहिले पनि सरकारले सोही विषयमा संसद्मा छलफल गर्नका लागि संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको उल्लेख गरे ।

एक अर्को प्रसङ्गमा पूर्वशिक्षामन्त्रीसमेत रहनुभएका नेता पोखरेलले अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई रु २७ अर्ब रकम विनियोजन नगर्दा शिक्षा ऐनको आठौं संशोधन कार्यान्वयन हुन नसकेको धारणा राखे ।

अहिले पनि देशमा ३६ हजारको हाराहारीमा विज्ञान र गणित शिक्षकको अभाव रहेकाले सो ऐनको कार्यान्वयनले सो पदपूर्ति पूरा हुने नेता पोखरेलको भनाइ छ ।