१० असार, विराटनगर ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।शनीवार बिराटनगरमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलो चरणको भन्दा दोश्रो चरणको निर्वाचनमा एमाले अत्याधिक तहमा विजयी हुने दाबी गरे ।

आफुले देश बनाउने कुरा गर्दा विपक्षी दलहरुले अनेकथरी आरोप लगाएको बताउँदै उनले नेपाल लोकतान्त्रिक फोरम संगको तालमेल बिराटनगर महानगरपालीकामा उमेद्वारलाई जिताउन मात्र नभएको बताए ।

नेकपा एमालेले विकाश निर्माणको कुरा गर्दा अरुले त्यसलाई उखान टुक्कामात्र बुझेको र एमालेले महानगर चलाउँदा सवैले थाहा पाउने समेत बताए । नेकपा एमालेले झुट र बेईमानीको राजनीति नगर्ने भन्दै ओलीले देश बनाउने संकल्प बोकेर हिडेकै कारण आफ्नो पार्टी कसैसँग पनि नझुक्ने बताए ।

यता सभामा सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छादारले एमाले र आफ्नो पार्टीको गठबन्धनले अन्य धेरै काम गर्न बाँकी रहेको र देशको राजनीतिमा समेत यसले टेवा पुर्याउने बताए ।

कार्यक्रममा बिराटनगर महानगरपालीकाका मेयर पदमा उमेदवार पदमा उठेका उमेद्वार हरुलाई बधाइ समेत दिएका थिए ।