४ जेठ, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९:३० वजे नेकपा (एमाले)ले निकालेको विजय -यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएका स्थानीय जमुना अधिकारीले जानकारी दिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय -यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय -याली निकालिएको थियो । रासस