१५ वैशाख, काठमाडौं।

कानूनमन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक एमालेको सहमतिमा नै सर्वसम्मतीले आउने आइतबार पारित हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन । मन्त्री नायकले सदन अबरुद्ध नभएको अवस्थामा सबै दलहरु मिलेर अगाडि बड्नुपर्ने बताए ।

राष्ट्रलाई पूरै एकतावद्ध बनाएर अघि बढाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । साक्षात्कारमा काँग्रेसका नेता महेन्द्र यादबले यही बैशाख १७ ते नै संशोधन प्रस्ताव पारित हुने दाबी गरे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केशब बडालले संसदको प्रक्रियामा रहेको संशोधन विद्येयक तुरुन्त फिर्ता लिनुपर्ने माग गरे।

कार्यक्रममा नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताउदै संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।