१६ वैशाख, काठमाडौं।

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रले निर्णय गर्नुपर्ने उमेद्बारहरुबारे टुंगो लगाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

केन्द्रले उपमहानगर र महानगरपालिकाको मेयर र उपमयेरको उमेद्बार मात्रै टुंगो लगाउने एमालेले जनाएको छ । प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा उमेद्बारको टुंगो लगाउने एमालेको भनाई छ ।

नगरपालिका र गाउँपालिकामा उमेद्बार टुंगो लगाउने अधिकार प्रदेश र जिल्ला कमिटीलाई दिइएको छ । यसअघि हिजो बसेको बैठकले पार्टीको चुनावी घोषणापत्रलाई पारित गरेको थियो ।

घोषणापत्र सम्पादन गरि अन्तिम रुप दिनका लागि उपाध्यक्ष भीम रावल, सचिव प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । घोषणापत्र भोली दिउँसो ३ बजे सार्वजनिक गरिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

यो पढ्नुस्।

गगन थापाले एमाले तर्फ इंकित गर्दै भने नक्कली ठेकेदार

निर्वाचन नगराई प्रचण्डले सरकार नछोड्ने, देउवा तनावमा