२१ फागुन, काठमाडौं । नेकपा एमालेले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।

हिजो बेलुकी झापाको विर्तामोडमा बसेको एमाले स्थायी कमिटीको बैठकले १२ जनालाई पूर्ण केन्द्रीय सदस्य र ९ जनालाई बैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको हो ।

मनोनित भएका सबै तराई मधेशका जिल्ला नेता छन् । मनोनित भएका केन्द्रीय सदस्यहरुमा धनुषाका रघुवीर महासेठ, यदुवंश झा, रत्नेश्वर गोइत र हरिनारायण महतो, सिराहाका धर्मनाथ साह, गंगा यादव, धर्मनाथ यादव र रामचन्द्र यादव रहेका छन् ।

त्यसैगरी पर्साका रामचन्द्र साह तेली, रौतहटका लालबाबु यादव, सर्लाहीका रबीन्द्र बैठा र महोत्तरीका रामदयाल मण्डल केन्द्रीय सदस्यमा मनोनित भएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिए । (यस्तो छ सूची)