प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि छलफल हुन नसक्ने भन्दै एक महिनादेखि संसद चल्न दिएको छैन् । संसद चल्न नसक्दा समस्या थपिदै गएको छ । संविधान संशोधन विधेयक प्रस्ताव संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संसदलाई नै अधिकार दिने निर्णय गरेको छ । तर पनि एमालेले संसद बैठक चल्न दिने संकेत गरेको छैन् । ७ माघ २०७४ भित्र तीन तहको निर्वाचन गर्नुपर्ने समयसीमा संविधानमा नै तोकेको छ । तर एमालेको कारण संसद चल्न सकेको छैन् । संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड सभामुख ओनसरी घर्तीले पटक–पटक सहमति निर्माणको लागि गरेको प्रयास पनि सफल हुन सकेको छैन् । यसै विषयमा संसदको अवरोध, संविधान संशोधन, निर्वाचन र आगामी बाटो लगायतको विषयमा केन्द्रीत रहेर नेकपा माओवादी केन्द्रका सांसद एवं युवा नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’सँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः–

shyam-kumar-shrestha-kushal-maobadi-kendra-1श्यामकुमार श्रेष्ठ ‘कुशल’
सांसद एवं युवा नेता, नेकपा माओवादी केन्द्र

एमाले संविधानप्रति जिम्मेवार देखिएन
संसदीय अभ्यासमा एमालेले आफूलाई अब्बल हो भन्ने दावी गर्दै आएको थियो । एक महिनादेखि निरन्तर संसद अवरुद्ध गरेर बच्चापन रहेको पुष्टि गरेको छ । एमालेले देश र जनताको आवश्यता भन्दा पनि आफ्नो दलिय स्वार्थलाई केन्द्रमा राख्दा समस्या थपिदै गएको छ । एमाले समस्या समाधान गर्नुको सट्टा बल्झाउने खेलमा लागेको छ ।
एमालेले त बडा विचित्रको पार्टीको रुपमा आफूलाई प्रस्तुत गरेको छ । न आफूलाई कम्युनिष्ट पार्टी हो भनेर सावित गर्न सक्यो न संसदीय व्यवस्थाप्रति इमान्दार देखिएको छ । संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै किन बखेडा झिकिरहेको छ ? प्रस्तावको विषयलाई कारण देखाउदै राजनीतिक लेनदेनको विषय बनाएका छ । अहिले पुष्टि भयो नि संविधान जारी गर्ने बेलामा ओलीलाई प्रधानमन्त्री बनाउने सुनिश्चित नगरिएको भए संविधान जारी नहुने रहेछ नि त ? । एमाले आफैले हस्ताक्षर गरेर जारी गरेको संविधानप्रति जिम्मेवार र प्रतिबद्ध देखिएन ।

माओवादी केन्द्रलाई अब महासंघ बनाऔं: गोपाल किराती

संविधान संशोधन नगरी कार्यान्वयन हुन सक्दैन ?
राष्ट्रिय राजनीतिमा देखिएको मधेसको समस्या समाधान गर्नको लागि सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । संविधान संशोधन नगरी चुनावमा जान सकिन्न । केपी ओलीको नेतृत्वको सरकारले नै पहिलो सविधान संशोधन विधेयक पास गरेको हो । ओली स्वयंमले भनेका थिए–मधेसको माग पूरा गर्न संविधान संशोधन गर्न आवश्यक छ । एमालेले नै मेधसको माग पूरा गर्न संविधान संशोधन गर्न तयार रहेको कुरा त प्रमाणित गरिसकेको हो । पहिलो संविधान संशोधन गर्न प्रदेश सभा चाहिएन । अनि अहिले कसरी किन प्रदेश सभा चाहियो ? एमालेले चाहदा संविधानसम्वत हुने एमाले नचाहदा संविधान विपरीत हुने ? जनतालाई भ्रममा पार्ने गरी संविधानको व्याख्या गर्ने छुट कसैलाई पनि छैन् । राष्ट्रिय राजनीतिमा राजनीतिक रुपमा केही समस्या आयो भने अपरिवर्तनिय बुँदा बाहेक सबै कुरामा संविधान संशोधन हुन्छ भनेर त संविधानमा एमालेले पनि हस्ताक्षर गरेका छ । त्यो कुरा भुल्ने । संसदमा एमालेले गरेको रुवावासी धेरै दिन टिक्दैन ।

महाकाली बेच्ने एमाले कसरी राष्ट्रवादी ?
नेपालमा कुन पार्टी राष्ट्रवादी हो कुन पार्टी राष्ट्रघाती स्पष्ट नै छ । एमालेले हिजोको दिनमा गरेको काम त छर्लङ्ग छ नि । महाकाली सन्धी एमालेले गरेको होइन ? महाकाली नदी एमालेको बेचेको होइन ? देशको नदीनाला बेच्ने एमाले अनि अहिले आएर ठूला राष्ट्रवादी कुरा गर्न सुहाउँछ ।

एमाले खुसी हुनुपर्दथ्यो तर आत्तियो- राजकिशोर यादव

प्रस्ताव राष्ट्रघाती भएको एमालेसँग के प्रमाण छ ?
संसदमा संविधान संशोधन विधेयक दर्ता हुने वित्तिकै राष्ट्रघात हो भन्ने एमालेसँग के प्रमाण छ ? आरोप लगाउनु अघि औचित्य पुष्टि गर्नुपर्छ । बाहिर जनतालाई भ्रम छर्दै हिडेर हुन्छ । वास्तविक धरातलमा उभिनु पर्दैन ? जे मन लाग्छ त्यहीँ बोलेर राष्ट्रवादी हुने ? मूलुकको समस्या समाधान गर्ने सरकारले ल्याएको प्रस्तावलाई राष्ट्रघाती देख्ने एमालेको कस्तो चस्मा हो ? हिजो आफूले गर्दा राष्ट्रवादी भइने । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, भौगोलिक अखण्डतालाई कायम गर्ने, सार्वभौमसत्ता सम्पन्न, नेपाली जनतालाई एकताको सुत्रमा बाँध्ने, संविधानमा व्यवस्था भए अनुसार संघीयतालाई सुदृढ गर्न संविधान संशोधन विधेयक ल्याउँदा कसरी राष्ट्रघात भयो ?

shyam-kumar-shrestha-kushal-maobadi-kendra-2

प्रस्ताव फिर्ता हुँदैन पास हुन्छ
संविधान सशोधन विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन । संसदमा दर्ता भएको विधेयक फिर्ता हुन सक्दैन । विधेयकलाई संसदमा प्रवेश गराइनु पर्छ । संसदबाट किनारा लगाउनु पर्छ । संविधान संशोधनको लागि दुई तिहाई बहुमत चाहिन्छ । एमाले आफै भन्छ–दुई तिहाई बहुमत पुग्दैन । कसरी संविधान संशोधन हुन्छ ? दुई तिहाई बहुमत पुग्दैन भने त संसदभित्र छलफलको लागि प्रक्रियामा प्रवेश गर्न दिए त भइहाल्यो नि ? एमाले किन डराइरहेको छ । प्रस्ताव संसदमा प्रवेश गर्छ । दुई तिहाइबाट पास पनि हुन्छ । एमालेले ठूला कुरा नगरे हुन्छ ।

प्रचण्ड–ओली हारजितको फैसला गर्दै सर्वोच्च अदालत

प्रस्तावले पहाड र मधेस झन पो मिल्छ
–सीमाकंनलाई छुट्याएर भाषा, नागरिकता र राष्ट्रिय सभामा विषयमा मात्र छलफल हुन सक्दैन । सीमाकंनले के समस्या ल्याउछ ? एमालेले नै प्रस्ताव गरेको २ नम्बर प्रदेशमा त खै कही पनि पहाड मिसिएको छैन नि ? तर पाँच नम्बर प्रदेशका केही जिल्ला ४ नम्बर प्रदेशमा हाल्दा मधेस पहाडबाट अलगिन्छ भन्ने कुरा होइन । पहाड र मधेसको सम्बन्ध झन बलियो बनाउछ । झन एकता कायम हुन्छ । सीमाकंनको विषयमा औचित्य र आवश्यक भएर नै सरकारले प्रस्ताव ल्याएको हो । प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने कुरा हुँदैन । पछाडि हटने कुरा गरियो भने नेपाली जनताप्रति फेरि धोका हुन्छ ।

एमाले संघीयता विथोल्न चाहन्छ तर सम्भव छैन
एमालेले यो संविधान कार्यान्वयन गर्नको लागि ध्यान नै गएको छैन् । संघीयता स्वीकार गरिदिएको हो भनेर एमालेले भन्न थालेको छ । यसबाट पनि एमाले संविधान र संघीयताप्रति जिम्मेवार छैन भन्ने पुष्टि हुन्छ । ठूलो त्याग र वलिदानीबाट प्राप्त गरेको सबै भन्दा ठूलो उपलब्धि भनेकै संघीयता हो । प्रदेश र स्थानीय तहमा अभ्यास गरेकै छैन । संघीयता अफावसिद्ध भयो भनेर एमाले जसरी कोकोहोलो मच्चकाइ ररहेको छ कहाँ अभ्यास भयो त ? पहिला त अभ्यासमा जानु पर्छ नि ? एमालेको रुवाई छोरो पाउनु कहिले कहिले भोटो सिऊनु अहिले भनेकोजस्तो छ ।

संसोधन विधयेकबारे सर्वाेच्चले बाटो खोल्यो, अन्तरिम आदेश दिनुनपर्ने

एमाले सत्तामा पुग्ने दाउमा लागेको छ
संविधान जारी गर्ने बेलामा नै हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले संविधानको सर्वस्वीकार्यता बढाउनु पर्छ भनेर भन्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार अहिले विधिवत रुपमा प्रस्ताव आएको हो । यसले राष्ट्रिय एकता हासिल हुन्छ । हिमाल, पहाड तराई झन सुदृढ एकता हुन्छ । एमाले वर्तमान सरकारलाई विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने खेलमा लागेको छ । सत्ता बाहिर हुँदा एमालेको छटपटी निकै बढेको छ । तर यो प्रयास सफल हुन सक्दैन ।

संसद चल्न नदिने एमाले राष्ट्रघाती
–निर्वाचनको मिति घोषणा गर भनेर एमालेले भनिरहेको छ । निर्वाचन सम्बनिन्ध आवश्यक पर्ने कानुन बनाउन सरकारले संसदमा दुई वटा विधेयक दर्ता गराएको छ । संसद चल्न दिएको छैन् । निर्वाचन गराउन कानुन नै बनेको छैन् । तर संसद अवरुद्ध हुँदा छलफल प्रक्रिया अगाडि बढन् सकेको छैन् । सदन अवरुद्ध गर्ने अनि निवार्चनको मिति घोषणा गर कानुन बना भनेको के हो ? संसद चल्न नदिएर एमालेले चालेको कदम राष्ट्रघाती हो ।

एमालेले किन तिघ्रा कमाइरहेको छ ?
संविधान संशोधन पक्षमा एमाले सहित केही साना समुह भन्दा बाहेक मुख्य दल संविधान संशोधनको पक्षमा छन् । देशको माया एमालेलाई मात्र छैन । हामीलाई पनि छ । यो कुरालाई भुल्ने ? एमालेले संसदमा आफूलाई खरो उर्तान सक्नु पर्छ । संसदीय मुल्य मान्यता अनुसार अगाडि बढनु पर्छ । एमालेले संविधान संशोधन गलत छ भने छलफल गर्न दिएर संशोधन हाले भो नि ? दुई तिहाइ बहुमत पुगेन भने विधेयक फेल हुन्छ । विधेयकमाथि छलफल गर्न एमाले किन तिघ्रा कमाईरहेको छ ? यो हर्कत राम्रो छैन् । मुलुकलाई ठिक ठाउँमा पुर्याउदैन ।

जनप्रतिनिधिको मुखमा ताल्चा ठोकेर राख्ने ?
अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि संसदमा छलफलको विषय बनेको थियो । एमाले आफै समर्थक बसेको प्रस्तावमाथि छलफल गर्न दिएको छैन् । संसदमा दर्ता भएको विधेयक पास गराउने/नगराउने अधिकार सार्वभौमत्तसत्ता सम्पन्न संसदलाई छ । एमाले छलफल गर्न किन डराउने ? जनताको जनप्रतिनिधिहरुलाई आफ्ना कुरा राख्न किन नदिने ? छलफलबाट भाग्न खोज्ने ? संसद अवरुद्ध गर्ने भनेको भागेको होइन र ? कार्कीको विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव एमालेले भुल्यो ? जनताको जनप्रतिनिधिलाई मुखमा ताल्चा ठोकेर राख्ने ? सदनमा सुचारु हुन नपाउने आफ्ना भनाईहरु राख्न नपाउने जनताको समस्याहरु सदनमा बोल्न नपाउने यो के हो ? के यही हो एमालेले चाहेको लोकतन्त्र ?

प्रचण्ड र देउवाले मार्सल लगाउने भएपछि के गर्छन् ओली ?