२१ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहटको चन्द्रपुर नगरपालिकामा दुई नेतालाई मेयरको टिकट दिएपछि अन्यौल भएको छ ।

नेताहरु बाबुराम दाहाल र उद्दव रेग्मी दुवैले पार्टीको आधिकारिक टिकट लिएर गएपछि तनाव भएको छ । दुबैले लगेको टिकटमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले हस्ताक्षर गरेका छन् ।

टिकट लिएका रेग्मी अध्यक्ष केपी ओली निकट मानिन्छन् भने दाहाल माधव नेपाल पक्षका हुन् । चन्द्रपुर एमालेको प्रभावक्षेत्र मानिएपनि दुईजनालाई आधिकारिक टिकट दिएपछि कार्यकर्ता आक्रोशित भएका छन् । यसको प्रभाव चुनावी परिणाममा देखिन सक्ने अनुमान गरिएको छ ।