२० मंसिर, काठमाडौं ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरुद्ध संसद र सडकमा आन्दोलन चर्काएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छिमकीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षप नगर्न चेतावनी दिएको छ ।

प्रचण्डले भने- ढुक्क हुनुस् फाष्ट ट्र्याक आफ्नै लगानीमा नेपालले नै बनाउँछ

Kp oli at uml party headquarter

एमाले स्थायी समिति बैठकले नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै पक्षधरता देखाउन तथा हस्तक्षेप हुने कामकारबाही नगर्न छिमेकी र मित्रराष्ट्रहरुलाई चेतावनी दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपालभित्रको कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल र जनताले आफैं समाधान गर्दै मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल आफैं सक्षम छ ।’

संसोधन विरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने एमालेको निर्णय

संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएपछि भारतले त्यसलाई सकारात्मक भएको प्रक्रिया दिएको छ भने, नेपालका लागि भारतीय राजदुत रञ्जित रेले मधेसी मोर्चाका नेताहरुलाई भेटेर सरकारले ल्याएको संविधान संशोधनमा सकारात्मक हुन आग्रह गरेका छन् । एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले भारतीय दुतावास अगाडि धर्ना दिएर नेपालको आन्तरिक मामिलामा हस्तक्षप नगर्न दैनिक रुपमा विरोध प्रर्दशन गरेपछि स्थायी समिति बैठकले भारतको नाम नजोडिकन छिमेकी मात्र भनेर विज्ञप्ती जारी गरेको छ ।

अन्ततः देश १० वा १४ प्रदेशमा पुग्छ- कानूनमन्त्री नायक

विज्ञप्तीमा शान्तिपूर्ण रुपमा भइरहेको विरोध प्रदर्शनलाई वितण्डाको संज्ञा दिने राजनीतिक मतभेद र द्वन्द्व बढाउने, साम्प्रदायिक सद्भावलाई उत्तेजित पार्ने काम सत्ता पक्षका नेताहरुबाट भएको भन्दै एमाले बैठकले आपत्ति जनाएको उल्लेख गरिएको छ ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो