१३ चैत, सप्तरी।

सप्तरी घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरीमा बिरोधसभा गर्न लागेको छ । सभालाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बोधन गर्न मोर्चामा आवद्ध सबै दलका शीर्षनेता सप्तरी पुगेका छन । नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएपछि मोर्चा थप आन्दोलित भएको छ ।

घटनाको बिरोध तथा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्न सप्तरीमा सभा आयोजना गरिएको मोर्चाले जनाएको छ । बिरोधसभा दिउँसो सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुनेछ ।

एमालेले मेची महाकाली अभियान अन्तरगत त्यही ठाउँमा बिरोधसभा गर्दा प्रहरीसंगको झडपमा पाँच जनाको मृत्यु भएको थियो ।

यो पढ्नुस।

ट्रम्पकी छोरी इभान्काको परिवारको कारण स्थानीय दिक्दार !

प्रचण्ड पुगे ग्रेटवाल

एसएसबीले मारेका साहको परिवारले ६ वर्षपछि भोली राहत पाउने