४ असोज, काठमाडौं । बाराको कोल्हवी नगरपालिका वडा नं. २ को मतगणना स्थगित भएको छ । बिहानबाट मतगणना सुरु भएपनि शिलबन्दी गरिएको भन्दा बढी मतपत्र भएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिले विवाद सुरु गरेका हुन् ।

विवाद भएर झडपकै स्थिति आएपछि मतगणना रोकिएको हो । नेकपा एमालेका उम्मेदवारले जित्ने देखिएपछि काँग्रेसले विवाद सुरु गरेको नेकपा एमालेका कार्यकर्ताहरुले आरोप लगाएका छन् । त्यहाँ अहिले सुरक्षा कडा पारिएको छ ।

विवाद हुनुभन्दा अगाडिसम्म गनिएको मतपरिणाम अनुसार नेकपा एमालेका अध्यक्ष उम्मेदवार गोपाल प्रसाद अधिकारीले अग्रता कायम राखेका छन् ।