१७ असार, दाङ ।

लमही नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार एक मतले पराजित गरेका छन् । नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले कांग्रेस उम्मेदवार दामोदर पौडेललाई एक मतको अन्तरले पराजित गरका हुन् ।

एमालेका नुमराजले ५६० र कांग्रेसका दामोदरले ५५९ मत प्राप्त गरे । वडा नं. १ मा कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि घोषणा रोकिएको थियो । लगत्तै एमालेले पनि वडा नं. ९ मा मत पुनः गणनाको माग गरेको थियो ।

हिजो नै मतगणना सकिए पनि सार्वजनिक गरिएके थिएन । निर्वाचन आयोगले नियम अनुसार मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि आज मात्र वडा नं. १ र ९ को मतपरिणाम सार्वजनिक गरिएको हो ।