५ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एनजिओको आडमा एमाले तराई झर्न खोजेको आरोप लगाएका छन् ।

rajendra-mahato-talking

एमालेले तराईमा अभियान चलाउने तयारी गरिरहेका बेला जनकपुरमा पत्रकारसँग महतोले एमालेका विषयमा यस्तो टिप्पणी गरेका हुन् । एमालेप्रति मधेशमा वितृष्णा पैदा भईरहेको भन्दै उनले जनताले नै एमालेलाई सही बाटो तर्फ दिशानिर्देश गर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर पुगेर पहाडमा मधेशी विरुद्ध बोले जस्तो बोल्न पनि उनले चूनौती दिए । संविधान संशोधन नगरी चुनाव हुनै नसक्ने र त्यस्तो कल्पना पनि नगर्न महतोले चेतावनी दिए ।