३० वैशाख, काठमाडौं ।
एमाले र माओवादी एक अर्कालाई प्रतिस्पर्धी ठान्छन् । सार्वजनिक मञ्च पायो की एकले अर्कोको आलोचनामा समय खर्चिन्छन् । अझै एमालेमा कडै स्वभावका मानिने नेता प्रदीप नेपालले भने माओवादी अध्यक्ष प्रचण्डको थोरै प्रशंसा गरेका छन् । यसको कारण हो प्रधानमन्त्री हुँदा वान बेल्ट वान रोड (ओबीओआर)मा हस्ताक्षर हुनु ।

सामाजिक संजाल फेसबुकमा नेता नेपालले स्टाटस लेख्दै यसरी प्रचण्डले पुरानो पाप पखालेको जनाएका हुन् । उनले लेखेका छन्, शेरबहादुर देउवा नेपालका लागि प्रचण्डजत्तिकै अनिस्टकारी हुन् । तर, यसपाली प्रचण्डले ओबीओआरमा हस्ताक्षर गराएर दश प्रतिशत पाप पखालेका छन् । कांग्रेसको ओरालो लागेको इतिहास देउवाले एउटा काम गरेर पुराना पाप पखालुन् ।

ओबीओआर चीनले युरोप र एसियाका मुलुकसँग सम्पर्क र साझेदारी गर्नका लागि अघि सारेको सडक र जल यातायातको संजाल हो । यसमा एसिया, युरोप र अफ्रिकाका ६९ मुलुक जोडिने जनाइएको छ । छिमेकी मुलुको यस योजनाले नेपालले पनि फाइदा लिन सक्ने बताइएको छ ।

यो पढ्नुस्

यस्तो छ प्रधानमन्त्रीले मतदान गर्ने केन्द्रको चहलपहल

नेपाल पनि अव ओबीओआरको साझेदार राष्ट्र