२८ कात्तिक, भोजपुर ।

भोजपुर प्रदेश सभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् ।

 

प्रहरीका अनुसार गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै उम्मेद्वार राइ चढेको गाडीमा बम हानिएको हो । घाइते देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य नेता कार्यकर्ता सकुशल छन् ।

आक्रमणमा विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताको संलग्नता रहेको प्ररम्भिक अनुमान गरेको प्रहरीले पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई कस्ले अनि किन बम प्रहार गर्यो भन्ने बारे खोजी भइरहेको जनाएको छ ।

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई लक्षित गरी बम आक्रमण भएको थियो ।