५ असार, काठमाडौं ।

प्रधानन्यायाधिश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । कायय मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्याधिश सिफारिस गर्न बसेको परिषद्को बैठक विना निष्कर्ष सकिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कामु प्रधानन्यायाधशी पराजुलीका बारेमा अनुसन्धान गर्नु पर्ने भन्दै थप समय मागेपछि बैठक विना निष्कर्ष सकिएको हो ।

पराजुलीको नागरिकता र शैक्षिक प्रमाण पत्रका बारेमा प्रश्न उठेपछि सर्वोच्च अदालतमै रिट परेको थियो । तर अदालतले त्यस्तो कुनै प्रमाण नभेटिएको भन्दै रिट खारेज गरेपछि पनि एमालेले उनलाई प्रधानन्यायाधीश मान्न सहमति जनाएन ।

कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेर कार्की निलम्बरमा पर्दाको अवधिभर र कार्की फेरी बहाल भएर जेठ २४ गते अनिवार्य अवकास लिएपछि वरिष्ठताका आधारमा पराजुलीले कार्यवाहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन् ।
संवैधानिक परिषद्को अर्को बैठक असार १५ गते बस्नेछ ।