५ चैत, सुर्खेत ।

नेकपा एमालेका नेताहरुले चुनाव हुने सम्भावना टर्दै गएको बताएका छन् । एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा गरेको आमसभालाई सम्वोधन गर्दै एमालेका नेताहरुले सत्तारुढ दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको बताए ।

कार्यक्रममा अध्यक्ष के पी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको दावी गर्दै चुनाव टार्ने खेलमा लागेको दावी गरे ।

राष्ट्रियताको पक्षमा दृढ रुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको भन्दै ओलीले एमाले प्रति जनता आर्कर्षित भएकोले चुनावन नगर्ने कोशिस भैइरहेको बताए ।

प्रचण्ड सरकार पनि ओलीकै बाटोमा: महतो

कुनै पनि वहानामा चुनाव रोकिन नहुने उल्लेख गदै अध्यक्ष ओलीले चुनावको लागि एमाले अझ कडा रुपमा प्रस्तुत हुने उदघोष गरे । संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले चुनावको लागि दृढताको साथ उभिन सरकारलाई आग्रह गरे ।

मधेसी मोर्चा विखण्डनकारीको हतियार राख्ने आड भो : ओली

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको बताए । उनले घोषणा गरेको चुनाव गर्न नसक्ने भए सत्ता छाडन काँग्रेस माओवादीलाई चेतावनी दिए ।

एमाले महासचिव इश्वर पोख्रेलले चुनाव नगर्नका लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको दावी गरे ।

प्रचण्ड सरकार पनि ओलीकै बाटोमा: महतो

देशको हित विपरीत ल्याउन लागको संविधान शंसोधन प्रस्ताव एमालेले कुनै पनि हालतमा पारित हुन नदिने पोख्रेलको भनाई थियो ।