२८ भदौ, जनकपुर ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाएका छन् । मधेशीहरुको समस्या समाधानमा सुरुदेखि नै एमाले बाधक बनेको बताउदै उनले भने, ‘देशमा जातीय विवाद बढाउने खेलमा एमाले पार्टी लागेको छ ।’

जनकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संबिधान संशोधन गर्न काँग्रेसले प्रयास गरेपनि दुई तिहाई बहुमत नभएकाले संशोधन नभए पनि अगामी दिनमा संविधान संशोधन गराएर मधेशीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

मधेशको अधिकारको लागि काँग्रेस पार्टी नै उपयुक्त रहेको दावी गर्दै प्रधानमन्त्री देउवाले आफैमा मिल्न नसकेको मधेश केन्द्रित दलले मधेशको लागि केही गर्न नसक्ने बताए ।

देउवाले मधेशको समस्याका रुपमा रहेको बाढीबाट जोगाउनको लागि भारतीय प्रधानमनत्रीसंग दुई पक्षिय छलफल भएको र चाडै यसको लागि प्राविधिक टोली सहित समस्या समाधान गर्न प्रयास गरिने बताए ।