३१ वैशाख, काठमाडौँ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित जागेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा एमाले-माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

झडपमा एक एमाले कार्यकर्ता घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको छ। त्यहाँको स्थिति अहिले तनावग्रस्त रहेका मतदान केही बेर स्थगित गरिएको छ।