२९ भदौ, बारा ।

श्रम तथा रोजगारमन्त्री फर्मुल्ला मन्सुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी दल दुवै अतिवादी शक्ति भएकोले २ नम्बर प्रदेशमा आफ्नो पार्टी नेपाली कांग्रेसले जित्ने दाबी गरेका छन् ।

मन्त्री मन्सुरले एमालेलाई अतिवादी पार्टीको संज्ञा दिए । उनले भने, ‘एमालेले जुन रवैया मधेशप्रति देखाएको थियो, त्यसको हिसाबकिताब जनताले यो पटकको निर्वाचनमा दिनेछन् ।’

बाराका कलैयामा भएको कार्यक्रममा मन्त्री मन्सुरले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले पहिलो स्थान हाँसिल गर्ने दाबी गरे ।

उनले भने, ‘मुलुकमा अहिले दुई वटा अतिवादी शक्तिहरु छन्, एउटा समूह संविधान जलाए पनि च्यातेपनि, उपेन्द्रजीले पनि नयाँ संविधान लेख्नुपर्छ भनेकै हो, तर पछि उहाँ चुनावमा आउनुभयो, अर्को शक्ति जो छ, उसले संविधान संशोधनको नाम नै सुन्न चाहेन, यसको नेतृत्व केपी ओलीजीले गर्नुभएको थियो ।’