६ भदौं, कपिल्बस्तु ।

दोश्रो पटक पेश गरिएको संबिधान संसोधन प्रस्तावको बिरोध गरेको र तटस्थ बसेको भन्दै राजपा कपिलवस्तुका नेता कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिकको झण्डा जलाएका छन ।

नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मुलगेटमा रहेको प्रशासन चोकमा भेला भएका राजपा नेता कार्यकर्ताले मधेस बिरोधी भएको आरोप लगाउदै तिन पार्टीको झण्डा जलाएका हुन ।

राजपाका नेता कार्यकर्ताले एमाले र राप्रपा बिरुद्ध चर्को नाराबाजी गरेका थिए । राजनैतिकदलको झण्डा जलाउन नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरेपछि राजपाका नेता कार्यकर्ताले स्थानिय प्रशासन र प्रहरी बिरुद्ध समेत नाराबाजी गरे ।

सो अवसरमा बोल्दै राजपाका अध्यक्ष मण्डलका आन्दोलन संयोजक डाक्टर कालिपत शर्मा (जनसन) ले संबिधान संसोधन बिरुद्ध जानेहरु मधेस बिरोधी भएको र ति दलसँग जनताले हिसाब लिनु पर्ने बताए ।

कोणसभा सम्पन्न भए लगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक प्रहलाद अधिकारी नेतृत्वको प्रहरी टोलीले नेता जोनसन र राजपाका स्थानिय नेता रामप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ ।