२६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरेपछि एमाले आन्तरीक छलफलमा जुट्न लागेको हो । सरकारले यसै साता संसोधन विधयेक प्रक्रियामा लैजाने तयारी गरेको छ ।

केहीबेरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा दोस्रो चरणको स्थानीय चुनावको समीक्षा पनि हुनेछ । एमालेले अन्तरघात र उम्मेदवारी चयनमा त्रुटी भएका कारण कम्तिमा ३० स्थानीय तहको प्रमुख गुमाउनु परेको प्रारम्भिक विश्लेषण गरेको छ ।

दोस्रो चरणको चुनावमा एमालेले १ सय ५० स्थानीय तह जित्दा उपप्रमुखमा भने १ सय ७१ स्थान जितेको छ । यसअघि हिजो पार्टी अध्यक्ष केपी ओलीले गृह जिल्ला झापामै अन्तरघात भएको भन्दै धोका दिनेलाई कारवाही गर्ने चेतावनी दिइसकेका छन् ।