१५ बैशाख, काठमाडौं । बद्लिँदो राजनीतिक परिवेश र चुनावी घोषणा पत्रका बारेमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले चुनावी घोषणापत्र टुंगो लगाउनेछ । नेताहरुबाट प्राप्त सुझावलाई छलफल गरी घोषणापत्र टुंगो लगाउने र भोली सार्वजनिक गरिने एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थानीय तह चुनावका लागि महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उमेद्बारको टुंगो लगाउन प्रयास गरिने नेताहरुले बताएका छन् ।

बैठकमा सरकारले संसदमा पेश गरेको संसोधन विधयेक र स्थानीय तहको संख्या बढाउने विषयमा पनि छलफल हुने कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।