२९ कात्तिक, एजेन्सी ।

डेनमार्क आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

३२ औं मिनेटमा पहिलो गोल गरेका डेनमार्कका क्रिष्टियन एरिक्सनले ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि डेनमार्कले ४–१ को अग्रता लियो । ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले गोल गरेपछि डेनमार्क ५–१ ले विजयी भयो र युरोपियन क्षेत्रबाट विश्वकपका लागि बाँकी रहेको एक स्थानमा आफूलाई राख्न सफल भयो ।

यसअघि ब्राजिलमा सन् दुई हजार चौधमा भएको विश्वकपमा छनौट हुन नसकेको डेनमार्कले आउँदो वर्ष रुसमा हुने विश्वकपमा खेल्ने पक्का भएको छ ।