५ जेठ, काठमाडौँ ।

सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार मुद्दा दायर गरेका थिए । नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस