एजेन्सी।
विश्वकै ठूलो टेलिस्कोपको निर्माण कार्य चीनमा यहि हप्ता सकिदै छ। मुख्यत: एलियनको खोजीका लागि प्रयोग गर्न लागिएको यो टेलिस्कोप ५०० मिटर चौडा छ।FAST telescope 225731710

चीनको यो टेलिस्कोपले अन्तरिक्षबाट आएका रेडियो संकेत पत्ता लगाउने छ, टाढा टाढाका ग्रहमा सम्भावित जीवनको बारेमा जानकारी पाउने आशा गरिएको छ।
फास्ट (FAST- Five-hundred-meter Aperture Spherical Telescope) नाम दिइएको यो टेलिस्कोप सेप्टेम्बर २५ बाट सुचारु हुनेछ।

१८५ मिलियन डलरको यो मेगा प्रोजेक्ट सन् २०११ बाट सुरु गरिएको थियो।FAST telescope 215479210

चीनको गुइजोउ प्रान्तमा १० वर्षसम्म ४०० भन्दा बढी वैज्ञानिकको सर्भे पश्चात ठाउँ चयन गरि टेलिस्कोप बनाउन सुरु गरिएको थियो।

यो दुर्गम ठाउँमा बसोबास गर्ने ६५ परिवारलाई टेलिस्कोपको काममा अवरोध नआओस् भनि अन्तत्र सारिएको थियो।

अन्तरिक्षमा सजिलै पाइने हाइड्रोजनको ‘डिस्ट्रिबुसन म्याप’ गरि यसले अन्तरिक्षको तस्बिर लिन सक्नेछ। साथै अन्तरिक्षमा घुमिरहेका तारा, पल्सार पनि यसले डिटेक्ट गर्नेछ। गुरुर्वआकर्षण तरंग समेत डिटेक्ट गरि यो टेलिस्कोपले हाम्रो तारामण्डको विकास कसरि भयो भनि जानकारी दिन सक्नेछ।

यी सबैकाम मध्ये एलियन जीवनको खोजी भने सबैबन्दा रोचक हुनेछ। साथै यसले चीनको आगामी विभिन्न अन्तरिक्ष कार्यक्रमहरुमा समेत सहयोग गर्ने बताइएको छ।

भेटियो पृथ्वी जस्तै अर्को ग्रह, बैज्ञानिक भन्छन्- एलियन पनि हुन सक्छन्