१५ चैत, काठमाडौ ।

एएफसी एशियन कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजाल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १५ औं मिनेटमा विक्रम लामाले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि १० खेलाडिमा सिमित नेपाल शुरुदेखि नै दवावमा परेको थियो ।

नेपालले फल खेलेपछि फिलिपिन्सले पाएको पेनान्टीको गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

२१ औं मिनेटमा फिलिपिन्सले अर्को पेनाल्टीमार्फत गोलको खाता खोलेको थियो । खेलको २५ र २८ औं मिनेटमा थप गोल गरेपछि पहिलो हाफमा नेपाल ३–० ले पछि परेका थियो ।

पहिलो हाफको इन्जुली समयमा नेपालका लागि विशाल राईले एक गोल फकाई । तर दोस्रो हाफमा फिलिपिन्सले थप एक गोल गरेपछि नेपाल ४–० ले पराजित भएको हो ।
नेपाललाई हराएपछि फिलिपिन्स समुह ‘सी’मा ३ अंक जोड्न सफल भएको छ ।