२० मंसिर, काठमाडौं । एसीसी अण्डर १९ एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । बन्द प्रशिक्षणमा रहेका १९ जना मध्येबाट १५ सदस्यीय टोली घोषणा भएको हो ।

u-19-cric-team

सन्दिप लामिछानेको कप्तानीमा आसिफ शेख, रबन्द्रिजंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी टिमम रहेका छन् । त्यसैगरी पवन सर्राफ, सुवर्णाकर उराव, सन्दिप सुनार, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनाष कर्ण र रोहीतकुमार पौडेल पनि टिममा अटाएका छन् ।

बैकल्पिक खेलाडीमा साहब आलम, किशोर महतो, बिक्रम भुषाल र शुसान्त थापा छन् । समूह ए मा रहेको नेपालको समूहमा आयोजक श्रीलंकासँगै भारत र मलेसिया छन् । समूह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् ।

tamata-and-binod-das

डिसेम्बर १५ देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली डिसेम्बर १२ वा १३ मा त्यसतर्फ जाने तयारी छ । नेपालले डिसेम्बर १५ मै पहिलो खेल श्रीलंकासंग खेल्नेछ भने १६ तारिखमा भारतको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीका प्रशिक्षक बिनोद दासले सेमिफाइनल प्रवेशको लक्ष्यका साथ खेल्ने बताएका छन् । समूहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर २३ तारिखमा हुनेछ ।