२७ फागुन, काठमाडौं।

कञ्चनपुरमा हिजो भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हानेर एक नेपालीको हत्या गरेपछि एसएसबीले आज पनि ज्यादती गरिरहेको छ । एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर अहिलेसम्म ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्यास हानेको छ ।

घटना स्थलमा रहेका स्थानीय पत्रकार हेमन्त न्यौपानेका अनुसार एसएसबीले लालबहादुर नेपाली र कर्ण बहादुर नेपालीको भूमिमै बसेर नेपालीहरुमाथि नै आक्रमण गरिरहेको हो । घटनाको विरोधमा स्थानीय नेपाली थप आक्रोशित भएका छन् ।

हिजोको घटनाको विरोधमा कञ्चनपुरको आनन्दबजारमा अहिले झण्डै ५ हजार नेपाली उपस्थित भएर घटनाको प्रतिवाद गरिरहेका छन् । त्यहाँ ३ सयको हाराहारीमा नेपाल र शसस्त्र प्रहरी उपस्थित छ भने झण्डै एक हजारको संख्यामा भारतीय प्रहरी सिमामा उपस्थित भएको छ ।

नेपाली सुरक्षाकर्मी र प्रशासनले नेपालीलाई थप आक्रोशित नबनी संयम हुन आग्रह गरिरहेको पत्रकार न्यौपानेले बताए । उनका अनुसार त्यहाँ थप तनाव हुने संकेत देखिएको छ ।

यो पढ्नुस्।

कञ्चनपुर घटनामा भारतले यसरी स्वीकार्यो आफ्नो गल्ती

गाविस अब सधैंका लागि भंग, यस्ता छन् ७४४ स्थानीय तह