हिजोआज धेरैजसो व्यक्तिलाई दैनिक ८ देखि ९ घण्टा एयर कन्डिसनर(ए.सी)मा बस्नु पर्ने हुन्छ । अलबामा विश्वविद्यालयको एक अध्ययनअनुसार, ए.सीले कृत्रिम तापक्रम बनाउँछ, जसको कारण शरीरमा नराम्रो असर पर्छ । त्यसो भए जान्नुहोस्, के कस्तो असर गर्छ ?

१. थकान – ए.सीको तापमान कम रहन्छ । यस्तो अवस्थामा शरीरलाई आफ्नो तापमान कायम गर्नका लागि बढी मेहनत गर्नुपर्छ, जसले गर्दा थकान महशुस हुन्छ ।

 २. टाउँको दुख्ने – लगातार ए.सीमा बस्नाले शरीरको रक्त सञ्चार गडबढ हुने गर्छ । यस्तो अवस्थामा मांशपेसी खुम्चने तथा टाउँको दुख्ने समस्या हुन सक्छ ।

३. बेचैनी र तनाव – धेरैजसो ए.सीमा बस्नाले शरीरलाई एकै तापमानको बानी पर्छ । यस्तो अवस्थामा केही गर्मी वा बढी जाडोमा बस्न परेमा हामी त्यो परिवर्तनलाई सहन सक्दैनौँ । यस्तो अवस्थामा तनाव वा बेचैनीको समस्या हुनसक्छ ।

४. पिनास – ए.सीको चिसो हावाका कारण ‘म्यूकस ल्यान्ड’ कडा हुन जान्छ । अध्ययन भन्छ, जो व्यक्ति दैनिक ४ घण्टाभन्दा बढी समय ए.सीमा बस्छ, उसलाई पिनास हुने खतरा बढी हुन्छ ।

 ५. एलर्जी – ए.सीको फिल्टरलाई लामो समयसम्म सफा नगर्नाले त्यसको हावाबाट निस्कने धूलो र ब्याक्टेरियाका कारण रुघा–खोकी, भाइरल संक्रमण तथा एलर्जी हुन सक्छ ।

६. सुख्खा छाला – ए.सीको चिसो हावाका कारण छालाको प्राकृतिक गिलोपन कम हुँदै जान्छ, जसबाट छाला सुख्खा हुन जान्छ र चिलाउँन पनि थाल्छ ।

७. आँखामा समस्या – ए.सीको चिसो हावाका कारण आँखाको सुख्खापन बढ्छ । यसले आँखा चिलाउँने, पानी आउने, दुख्ने तथा आँखा रातो हुने जस्ता समस्या हुन सक्छ ।

८. जोर्नी दुखाई – ए.सीबाट निस्कने हावाका कारण जोर्नीको कार्यमा नराम्रो असर पुरयाउँछ । यसबाट गर्दन, हात, घुडामा दुखाई तथा नचल्ने समस्या आउँन सक्छ । पछि गएर यो ‘आर्थराटिस’जस्ता गम्भिर समस्यामा परिवर्तन हुन पुग्छ ।

९. मस्तिष्कमा असर – ए.सीको तापक्रम निक्कै कम हुने भएकाले चिसोले मस्तिष्कका सेल्स खुम्चिन थाल्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ । रिंगटा लाग्नेजस्ता समस्या हुनसक्छ ।

यो पढ्नुस्

तनावले बढाउँछ पागलपनः अमेरिकी अध्ययन

तनावको कारण चिन्तित हुनहुन्छ ? अब तेज पत्ताले भगाउँछ तनाव

यी १६ वस्तु, जसलाई फ्रिजमा नराख्दै जाति हुन्छ!