१५ चैत, काठमाडौं।

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गतनेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। बंगलादेश विरुद्धको खेलमा नेपाल ८३ रनले पराजित भएको हो।

टस जितेर बलिङ रोजेको नेपाललाई बंगलादेशले २५८ रनको लक्ष्य दिएको थियो। नेपाल ४२.३ ओभर खेल्दै १७४ रन बनाउँदा सबै विकेट गुमायो। नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५६ रनको योगदान गरे।

आजको हारसंगै नेपाल समुह चरणबाट बाहिरिएको छ।