२९ भदौ, काठमाडौं ।

मलेसियामा जारी एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बनेको छ । खेलेका तीन वटै खेलमा सतप्रतिशत नतिजा निकाल्दै नेपाल समूह विजेत बनेको हो ।

नेपालले आज सिंगापुरलाई ७ विकेटले पराजित गर्यो । सिंगापुरले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि सन्दिप सुनार २०, अनिलकुमार साह १८ र आरिस सेखले ६ रनमा आउट भए भने सुमित महर्जन १० रन र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले २८.३ ओभरमा अल आउट हुँदै ६७ रन मात्र जोड्न सक्यो । नेपालका बलहरुले आज पनि उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका लागि पवन सर्राफले ६ विकेट हात पारे । त्यस्तै किसोर महतोले २ र सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

सिंगापुरका लागि सिद्धान्तले २० र रोहन रंगाराजनले १२ रन बनाउनु बाहेक अरु कुनै पनि व्याट्स म्यानले दोहोरो अंकको रन जोडन सकेनन् ।

यसअघि हिजो भुटानलाई ९ विकेटले पराजित गरेको नेपालले समूह चरणमा थाइल्याण्ड विरुद्ध २ सय ५५ रनको फराकिलो जित निकालेको थियो । नेपालले अव फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग प्रतिष्पर्ध गर्नेछ ।