३१ भदौ, काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी १९ वर्ष मुनीको क्रिकेटमा फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसिया विरुद्ध १० विकेटको सानदार जित दर्ता गर्दै नेपाल फाइनलमा पुगेको हो ।

जितका लागि मलेसियाले दिएको १ सय २२ रनको विजय लक्ष्य नेपालले २३ दशमलब १ ओभरमा विना क्षति भेट्टायो । नेपालका ओपनरद्वय सन्दिप सुनार र मोहम्मद आसिफ शेखले नटआउट अर्धशतकीय पारी खेले ।

सन्दिपले ५१ र आसिफले ५० रन जोडे । यसअघि टस हारेर नेपाल विरुद्ध व्याटिङ्ग थालेको मलेसिया ४२ ओभरमा १ सय २१ रनमा समेटिएको थियो । मलेसियालाई सस्तैमा समेट्नका लागि नेपालका दीपेन्द्रसिंह ऐरीले ५, पवन सर्राफले २, सन्दीप लामिछाने, सहाव आलम र रोहितकुमार पौडेलले समान एक एक विकेट लिएका थिए ।

नेपाल समूह ए को विजेता हो भने मलेसिया समूह बी को उपविजेता हो । नेपालल अब उपाधिका लागि सिंगापुर र हङकङको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।